श्रीमते रामानुजाय नमः

सदस्यताको प्रकार तथा वर्गीकरण

क) साधारण सदस्य: सदस्यता पाउने योग्यता पुगेका व्यक्तिहरुको निर्धारित वार्षिक शुल्क बुझाई सदधारण सदस्य बन्नेछन् ।

ख) आजीवन सदस्य: तोकिएको शुल्क बझाउने सदस्यलाई आजीवन सदस्यता प्रदान गरिनेछ ।

ग) संरक्षक सदस्य: निर्धारित शुल्क वा सो बराबरको चलअचल सम्पत्ति प्रदान गर्ने व्यक्तिलाई समितिले उचित ठानेमा संरक्षक सदस्य प्रदान गरिनेछ ।

घ) संस्थापक सदस्य: व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको, संस्थापन कालदेखि कार्य गर्दै आएको, सो समयमा तदर्थ समितिका सदस्यहरुलाई संस्थापक सदस्य मानिनेछ । निजले साधारण सदस्य सरह वार्षिक नवीकरण शुल्क बुझाउनु पर्नेछ ।

ङ) मुष्ठी दान सदस्य: यस्ता सदस्य धार्मिक कार्यको लागि अर्चना स्वरुप तोकिएको शुल्क बुझाई एक वर्षको लागि मुष्ठी सदस्यता प्रदान गरिनेछ ।

च) मानार्थ सदस्य: यस संस्थाको विकासमा उल्लेखनीय योगदान पु¥याउने यस संस्थाका सल्लाहकार महिला तथा पुरुष ख्याति प्राप्त समाजसेवी स्वदेशी वा विदेशी नागरिकलाई कार्यसमितिले निर्णय गरी मानार्थ सदस्य प्रदान गर्नेछ । यस्ता सदस्यले साधारण सभा वा कार्यकारणी समितिमा मतदान गर्न वा उम्मेदवारी दिन पाउने छैनन् । मानार्थ सदस्यका लागि कुनै शुल्क लाग्ने छैन ।

सदस्यता शुल्क

क) साधारण सदस्य शुल्क वार्षिक ३०५/– (प्रत्येक वर्ष नविकरण गर्नु पर्नेछ)
 
ख)आजीवन सदस्य शुल्क २१०५/– (आजीवन सदस्य रहनेछ)
 
ग)संरक्षक सदस्य शुल्क १११११/– (चल अचल सम्पति)
 
घ)संस्थापक सदस्य वार्षिक ३०५/– (प्रत्येक वर्ष नविकरण गर्नु पर्नेछ)
 
ङ)मुष्टिदान सदस्य वार्षिक ६००/– (प्रत्येक वर्ष नविकरण गर्नु पर्नेछ)
 
च)मानार्थ सदस्य (कुनै शुल्क लाग्ने छैन)