श्रीमते रामानुजाय नमः
इच्छादान
दान केवल सहयोग मात्र होइन, मानवताको महान कर्म हो। श्री रामानुज भक्त भागवत सेवा सरोकार केन्द्रमा प्राप्त हुने प्रत्येक दान असहाय, विपन्न, वृद्ध–वृद्धा, अनाथ बालबालिका, रोगी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारहरूको सहयोगमा खर्च गरिन्छ तथा शरणागत भक्त भागवत को ब्रम्हसंस्कार अनि बैकुण्ठ उत्सव । नगद, लत्ताकपडा, औषधि, खाना वा समय—जसरी पनि गरिएको दानले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्नेछ। हामी पारदर्शिता र जिम्मेवारीमा विश्वास गर्छौँ, त्यसैले तपाईंको सहयोग प्रत्यक्षरूपमा पीडित समुदायसम्म पुग्छ। सानो योगदानले पनि ठूलो जीवन परिवर्तन गर्न सक्छ भन्ने हाम्रो विश्वास हो, त्यसैले हामी सबैलाई “सेवा नै धर्म” भन्ने भावनासहित दानमार्फत यो पुण्यकार्यमा सहभागी हुन हार्दिक आमन्त्रण गर्दछौँ।
